Like us!
Follow us!
Connect us!
Watch us!

बजरङ्ग स्टिलले प्राप्त गर्यो नेपाल गुणस्तर चिन्ह

अर्थ संसार

बुधबार, १५ भदौ २०७९, १३ : १७ मा प्रकाशित

बजरङ्ग स्टिलले प्राप्त गर्यो नेपाल गुणस्तर चिन्ह

स्वस्तिक रोलिङ्ग मिल्सद्वारा उत्पादित बजरङ्ग स्टिलले नेपाल गुणस्तर चिन्ह १९१ प्राप्त गरेको छ । उत्पादन शुरु गरेको छोटो अवधिमा नै बजरङ्ग स्टिलले आफुलाई गुणस्तर परिक्षणमा अब्बल सावित गर्दै प्रतिष्ठित नेपाल गुणस्तर चिन्ह प्राप्त गर्न सफल भएको हो । मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिकामा रहेको स्वस्तिक रोलिङ्गले बजरङ्ग ब्राण्ड अन्तर्गत टि एम टि छड, एङ्गल, च्यानल र आइ बिम उत्पादन गर्दै आइरहेको छ । नेपाली बजारको माग र मूल्यलाई सन्तुलन गर्दै गुणस्तरीय स्टिल उत्पादन तथा बिक्री वितरण गर्दै जाने कम्पनीको लक्ष्य रहेको छ ।

प्रतिष्ठित व्यापारिक घराना गोल्छा, राठी र प्रतिष्ठित व्यापारीहरु जीवन रिजाल र इन्तकाब अहमद मियाको २ अर्ब ५० करोडको संयुक्त लगानीमा संचालनमा आएको स्वस्तिक रोलिङ्ग मिल्सले निकट भविष्यमा नै नेपालभर आफ्नो बिक्री वितरण गर्ने भएको छ । आफ्नै मेल्टिङ्ग युनिट रहेको उक्त उद्योगमा दैनिक ५०० टन उत्पादन क्षमता रहेको छ ।

उद्योगले ७ देखि ४० एमएमसम्मका टीएमटीको उत्पादन गर्नेछ । बजरङ्ग स्टिल नेपालकै सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिबाट उत्पादन भैरहेको कम्पनिको दावी छ । उद्योगले उत्पादन गरेको टीएमटीको ग्रिपिङ गुणस्तर अत्यन्त अत्याधुनिक रहेको कम्पनीले जनाएको छ ।

उत्पादित टीएमटीको प्रयोग ठुलाठुला जलविद्युत् आयोजना, सडक, बहुतले भवन, पुल र सबै खाले प्रोजेक्टमा प्रयोग गर्न सकिने बताइएको छ। कम्पनीले ७ एम एमदेखी ३२ एम एमसम्मको टी एम टी उत्पादन गर्दछ । प्रतिष्ठित नेपाल गुणस्तर चिन्ह ८ देखि ३२ एम एमसम्मको टी एम टी छडले प्राप्त गरेको छ। नेपाली बजारमा गुणस्तरीय स्टिल उत्पादन गर्ने थप जिम्मेवारी पाएको र गुणस्तरको प्रतिवद्धतालाई सधैँ मनन गर्ने कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको