Like us!
Follow us!
Connect us!
Watch us!

धरानका मेयर हर्क साम्पाङको फेसबुक मोह, ५ घण्टामा २० वटा पोष्ट !

अर्थ संसार

विहीबार, १६ भदौ २०७९, १५ : ०० मा प्रकाशित

धरानका मेयर हर्क साम्पाङको फेसबुक मोह, ५ घण्टामा २० वटा पोष्ट !

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले सामाजिक सञ्जालका चर्चित पात्र हरु मध्यका एक हुन् । धरानमा सामाजिक अभियन्ताको परिचय बनाएका साम्पाङलाई आम नेपालीहरुले भने धरानमा स्वतन्त्र लडेर मेयरमा निर्वाचित भएपछि मात्र चिनेका हुन् । 

पछिल्लो समय काठमांडौ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई घोचपेच गरेपछि पुनः उनि सामाजिक सञ्जालहरुमा छाइरहेका छन् । उनि सामाजिक सञ्जाल फेसबुकमा यति व्यबस्त छन् कि आज बिहिबार बिहान ५ घण्डामै २० वटा पोष्ट फेसबुकमा सेयर गरेका छन् । 

उनले फेसबुकमा आफ्ना बारेमा बनेका गितहरुदेखि विभिन्न विषयमा फेसबुक स्ट्याटसहरु समेत सेयर गरेको देखिन्छ । आजै उनले आफ्ना आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका थिए ।

फेसबुकमा उनले लेखेका थिए ‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ १ अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ १ यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको