Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामान्य गिरावट, कारोबार रकममा भने सुधार

अर्थ संसार

विहीबार, १६ भदौ २०७९, १५ : १८ मा प्रकाशित

नेप्सेमा सामान्य गिरावट, कारोबार रकममा भने सुधार

आज (बिहिबार) पनि सेयर बजारमा सामान्य गिरावट देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहिबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२.२९ को विन्दुमा झरेको छ । नेप्से ०.०५ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.६६ अंकले घटेर ३ सय ८३ रूपैयाँ ९३ पैसामा झरेको छ । 

कूल २२५ वटा कम्पनीको ३९ लाख ५५ हजार ८ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३४ करोड ६२ लाख ३२ हजार १ सय ६२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ उपसमूहको सेयर घटेको छ भने ७ उपसमूहको मूल्य घटेको छ सबैभन्दा धेरै होटल तथा टुरिजमको  उपसूचक बढेको छ भने सबैभन्दा धेरै घट्नेमा अदर्स समूह रहेको छ । 

त्यसैगरी, बिहिबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सर्वाधिक कारोबार भएको छ । एनटीसीको १२ करोड २७ लाख ५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण र संस्थापक सेयरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको संस्थापक सेयरको मूल्य १० प्रतिशतले बढेर २ सय ७९ रूपैयाँ ५० पैसा पुगेको छ भने साधारण सेयरको मूल्य ४०७ रुपैयाँ पुगेको छ । 

यस दिन राप्ती हाइड्रो जनरल कन्सट्रक्सन कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ४.३८ प्रतिशतले घटेर ३ सय ८ रूपैयाँमा झरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको