Like us!
Follow us!
Connect us!
Watch us!

सूचिकृत कम्पनीहरुलाई कारबाही गर्ने नेप्सेको चेतावनी

अर्थ संसार

विहीबार, १६ भदौ २०७९, १६ : ४३ मा प्रकाशित

सूचिकृत कम्पनीहरुलाई कारबाही गर्ने नेप्सेको चेतावनी

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले सुचिकृत कम्पनीहरुलाई वित्तिय विवरण पेश गर्न आग्रह गरेको छ । आज बिहिबार एक सूचना जारी गर्दै सबै कम्पनीहरुलाई बार्षिक तथा त्रैमासिक वित्तिय विवरण पेश गर्न सूचित गरेको हो । 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ ले व्यवस्था गरे बमोजिम सूचीकृत संगठित संस्थाले कम्पनीको वार्षिक तथा त्रैमासिक वित्तीय विवरण (विद्युतीय प्रति) नेप्सेमा पेश गर्नु पर्नेछ भन्ने व्यवस्था अनुरुप यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत सम्पूर्ण कम्पनीहरुलाई सो कार्यको कार्यान्वयनको लागि निर्णयानुसार सूचना प्रकाशित गरिएको र तोकिएको समय भित्र उल्लेखित विवरणहरु प्राप्त नभएमा नियमानुसार कारवाहि गरिने समेत सूचनामा उल्लेख गरिएको छ । 

नेप्सेले जारी गरेको सूचनाः

631090b6184e8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको