प्रदेश नम्बर १ को पहिलो कार्यकाल न्वारन बिनै सकिने भएको छ । प्रदेश सभाको ५ बर्षे कार्यकालमा प्रदेशको नामाकरण गर्ने नसक्ने प्रदेश बनेको छ प्रदेश नम्बर १ ।
प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् । सो बैठकपछि आजै राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ ।
प्रदेशको नामको विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेको थियो । तर पहिचान कि भूगोलका आधारमा नाम राख्ने भन्ने विषयमा सहमति नजुटेपछि नामाकरणको विषयले प्रदेशसभामा प्रवेश नै पाएन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस