Like us!
Follow us!
Connect us!
Watch us!

एक वर्षमा नेपाल भित्रन्छ पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी

अर्थ संसार

शुक्रबार, १७ भदौ २०७९, १४ : २२ मा प्रकाशित

एक वर्षमा नेपाल भित्रन्छ पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी

नेपालमा एक वर्षमा पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी भित्रने गरेको पाइएको छ । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको हो । 

सो अवधिमा विभिन्न देशबाट नेपालमा ३ अर्ब ८५ करोड २८ लाख ८५ हजार रुपैयाँको सारी, धोती र लुङ्गी भित्रिएको विभागले जनाएको छ । 

बेल्जियम, भुटान, चीन, फ्रान्स, भारत, इन्डोनेसिया, अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, थाइल्याण्ड, नामिबिया, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, निकारागुवा, कतार, सिंगापुर, श्रीलंका लगायतका देशबाट नेपालमा सारी, धोती र लुङ्गी भित्रने गरेको छ । 

नेपालमा सबैभन्दा बढी सारी, धोती र लुङ्गी भारतबाट आउने गरेको छ । गत आर्थिक वर्ष मात्र भारतबाट ३ अर्ब ७५ करोड ८७ लाख ७ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । 

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा विभिन्न देशबाट २० करोड ७९ लाख २८ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको विभागले जनाएको छ । जसमध्ये २० करोड ५२ लाख ७१ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपालले भारतबाट आयात गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको