Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

अर्थ संसार

सोमबार, २२ असार २०८३, १७ : २२ मा प्रकाशित

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा उहाँहरूबिच भेटवार्ता भएको हो।

भेटका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंक (एडीबी) ले पुर्‍याएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष मसातो कान्डालाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहयोगका लागि आग्रह गरे। जवाफमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य गर्नु एडीबीको उच्च प्राथमिकतामा रहेको प्रतिबद्धता व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको