Like us!
Follow us!
Connect us!
Watch us!

१५ महिनामै किन राजीनामा दिए नेप्सेका सीईओ चापागाईंले ? यस्तो छ कारण

अर्थ संसार

सोमबार, २२ असार २०८३, १३ : ०० मा प्रकाशित

१५ महिनामै किन राजीनामा दिए नेप्सेका सीईओ चापागाईंले ? यस्तो छ कारण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले सोमबार पदबाट राजीनामा दिए । उनले सोमबार नै अर्थमन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । 

उनले आफूले अर्थमन्त्रीलाई भेटेर राजीनामा पत्र बुझाएको बताए । २०८१ साल चैत १९ गते सीईओ नियुक्त भएका चापाइले १५ महिनामा नै राजनीनामा दिएर नेप्सेबाट बाहिरिने निर्णय गरेका हुन् । राजीनामा दिनुको कारण बारे अर्थसंसारसँग कुरा गर्दै चापागाईले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । ‘मैले व्यक्तिगत कारणले मात्रै राजीनामा दिएको हुँ । सरकारको पूर्ण साथ थियो,’ उनले भने । नेप्सेमा बस्दा क्षमना अभिवृद्धि नहुने भएकाले पनि राजीनामा दिएको उनी निकटहरुले बताउने गरेका छन् । 

उनकाे राजीनामासँगै नयाँ सरकारले अब नेप्सेमा नयाँ सीईओ नियुक्ति गर्नु पर्ने छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको