Like us!
Follow us!
Connect us!
Watch us!

टानको महासचिवमा बिनोद सापकोटा बिजयी , पदभार ग्रहण !

अर्थ संसार

शुक्रबार, १७ भदौ २०७९, १८ : २१ मा प्रकाशित

टानको महासचिवमा बिनोद सापकोटा बिजयी , पदभार ग्रहण !

पदयात्रा व्यावसायिको छाता संगठन टानको गत श्रवण ३० गते होटल हायतमा  सम्पन्न ४४ औ साधारणसभा तथा निर्वाचनबाट महासचिवमा बिनोद सापकोटा बिजयी भएका छन् । 

आज  पदभार ग्रहण होटल र्याडिसनमा भब्य कार्यक्रमका साथ सम्पन्न भएको छ। नेपालको पर्यटकीय जिल्ला धादिङ निलकण्ठ नगरपालिका वडा नं.१२ साङ्कोष निवासी सापकोटा अहिले सम्म कै सबै भन्दा कान्छो महासचिव बन्न सफल भएका छन्।१७ बर्षको उमेर देखि सापकोटा पर्यटन पेशामा आबद्द हुदै आएका थिए ।

पर्यटनमा भरियाबाट पर्यटन व्यवसाय क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका सापकोटाले गाईड हुदै बिगत १६ बर्ष देखि नेपाल ट्रेक एडभेन्चर एण्ड एक्सपिडसनका सञ्चालक बनेका छन्। सबै सङ्ग व्यवसायिक र सामाजिक क्षेत्रमा हातेमालो गर्दै अगाडि बढेका सापकोटा ठमेलमा सबैका प्रीय पात्र बनेका छन्। पदयात्रा व्यवसायका जुझारु युवा सापकोटाले स्नातकसम्मको अध्ययन पुरा गरेका छन्। उनि पर्यटन र समाजसेवासँगै कला क्षेत्रमा पनि सक्रिय रहेका छन् ।

उनि ‘लभ डायरिज’का निर्माताको रूपमा समेत परिचित छन। विश्व फिल्मि क्षेत्रमा नेपाललाई सुटिङ स्पोट हब र फिल्मी टुरिजम मार्फत नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ र यसले नेपालमा विदेशी मुद्रा आर्नजनमा उल्येखनिय योगदान पुर्याउने कुरामा आंफु तल्लीन भएर लागी पर्ने कुरा प्रस्टयाउनु भएको छ। लायन्स क्लव अफ नेपाल एभरेस्टका चार्टर मेम्बर सापकोटा किवानीज क्लव अफ निलकण्ठ, धादिङका प्रेसिडेन्ट समेत हुन् ।

२०७२ सालको विनाशकारी भुकम्पले भत्किएका ग्रामीण क्षेत्रका विद्यालयहरुको पुननिर्माणमा विशेष योगदान पुर्याएका उनले नेपालको पर्यटनको प्रचारप्रसार गर्दै भारत, लिथुनिया, लाटभिया, इस्थेनिया, इटाली, नर्वे, पोल्यान्ड, टर्कीलगायत युरोपका अधिकाँश देशहरुको भ्रमण गरेका छन्।

पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टानं) को अध्यक्षमा अत्याधिक बहुमतका साथ निलहरि बास्तोला निर्वाचित भएका छन्।

गत साउन ३० गते सम्पन्न निर्वाचनबाटबाट आफना प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई भारी मतले हराउँदै बास्तोला विजयी भएका हुन्। यस्तै टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्धितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका छन्।

यस्तै सदस्यहरुमा राम प्रसाद बन्जरा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, सुवास भण्डारी, लाक्पा दोर्जे सेर्पा, र कृष्ण बहादुर परियार निर्वाचित हुनु भएको छ ।

सापकोटाले सम्पूर्ण ट्रेकिङ पदयात्रा व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टानका) सदस्य कम्पनीहरुलाई धन्यावाद टक्र्याएका छन। आंफु र आफ्नो टीम सधै अग्रज व्यवसायीहरुको सल्लाह, सुझाव युवा पर्यटन ब्याबसायीहरुको हक हित र व्यवसाय प्रवद्र्धनमा विशेष सहयोग साथ संगै हातेमालो गर्दै अघी बढ्ने प्रतिवद्ता जनाउनु भएको छ।

6311fadb88c8c.jpg 6311fadbc3ff5.jpg 6311fadc16807.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको