Like us!
Follow us!
Connect us!
Watch us!

जस्तापाताको तौलमा विदेशी लगानीबाट संचालित आरती स्ट्रिप्सको ठगी, ५७ केजीभन्दै पठायो ५३ केजी (भिडियोसहित)

अर्थ संसार

आइतबार, १९ भदौ २०७९, १३ : १५ मा प्रकाशित

आरती स्ट्रिप्सले आफूले उत्पादन गर्दै आएको जस्ता पाताको तौलमा ठगि गर्दै आएको पाइएको छ । विराटनगरमा उद्योग रहेको आरतीले ० दशमलव ४० एमएम मोटाइको भनेर बजारमा लगेको रंगिन जस्ता पातामा तीन केजीसम्म कम तौलको पठाएर उपभोक्तालाई ठगि गरेको हो ।

कम्पनीले ० दशमलव ४० एमएम मोटाइको जस्ता पाताको प्रतिबण्डल तौल ५५ देखि ५७ किलोग्रामसम्म हुने दावी गरेको छ । तर बजारमा पठाइको उक्त जस्ता पाताको तौल ५३ केजी मात्र भएको पाइएको छ ।

आरतीले ० दशमलव ३७ एमएम मोटाइको जस्ता पाताको तौल प्रतिबण्डल ५३ केजी हुने बताएको छ । कम्पनीले ० दशमलव ४० एमएम मोटाइको जस्ता पाता त्यो भन्दा पातलो जस्ता पाताको बराबर तौलमा बजारमा पठाएको हो ।

ग्राहकलाई सस्तो छ भन्दै कम तोलको जस्तापाता बिक्री गरेर एक बण्डलमा रु ५०० देखि रु १००० रुपैयाँसम्म ठगी गर्दै आइरहेको छ । जस्ता पाता किन्न गएका एक ग्राहकले शंका लागेर तौल गर्दा एक बण्डलमा तोकिएभन्दा ४ केजी कम तौल पाएको बताए । कुनै पनि उत्पादित बस्तुको तोकिएको भन्दा घटी तौलमा बजारमा पठाउनु ठगी हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ अनुसार अनुचित ब्यवसायजन्य ब्यापारिक कृयाकलाप गर्नु हुँदैन । यसमा बस्तुवा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइ, छिपाइ, झुक्याइ त्यस्तो बस्तु वा सेवा विक्री वा प्रदान गर्ने, झुठ्ठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरि बस्तु विक्री गर्ने कार्य अनुचित ब्यवसायजन्य ब्यापारिक कृयाकलाप हो । यस्तो गर्ने गराउनेलाई कैद र जरिमानासमेत हुने ऐनमा ब्यवस्था छ ।

भारतीय नागरिक आरती सिंघल र उनका पति संजय सिंघलले संचालन गर्दै आएको आरती स्टिप्सले राजनीतिक शक्तिको आडमा गैरकानुनी कृयाकलाप गर्दै आएको छ । उद्योगको संचालक आरती सिंघल भारतमा अर्बै रुपैंया ठगी र कर छलीमा मुछिएकी छन् ।

उनी नेपाल आएर विराटनगरमा आरती स्ट्रिप्स उद्योग स्थापना गरी संचालन गर्दै आएकी छन् । भारत सरकार मातहतको गम्भिर ठगी अनुशन्धान कार्यालय (एसएफआईओ) ले उनलाई पक्राउ गरेको हो । उनको मुद्दा अदालतमा विचाराधिन छ ।

यसअघि उद्योगका संचालक संजय सिंघले उद्योगका जनसम्पर्क प्रमुख दिवस नेपाललाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । उक्त घटना रात कट्न नपाउँदै लेनदेनमा मिलाइएको थियो । कर्मचारी कुटेको आरोपमा पक्राउ परेका सिंघललाई केहिबेरमै राजनीतिक दलका नेताहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर छुटाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको