Like us!
Follow us!
Connect us!
Watch us!

फलफूल तथा तरकारीकाे मूल्य : सस्तो भन्टा, महँगो कुरिलो

अर्थ संसार

सोमबार, २० भदौ २०७९, ११ : १७ मा प्रकाशित

फलफूल तथा तरकारीकाे मूल्य : सस्तो भन्टा, महँगो कुरिलो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार सबैभन्दा सस्तो तरकारीमा भन्टा लाम्चो रहेको जनाएको छ  । समितिका अनुसार भन्टा लाम्चो प्रतिकेजीको  १२.४० पैसा रहेको छ । साथै स्कुस १७.५० पैसा रहेको छ ।

यस्तैगरी सबैभन्दा बढी महंगो कुरिलो केजीको ५५० रुपैयाँ रहेको छ । समितिका अनुसार अदुवा केजीको ९६.६७ रुपैयाँ अनार, ३३३.३३, अमला ११०.००, आलु रातो केजीको ६१ रुपैयाँ भारतीय आलु ३७ रुपैयाँ रहेको छ । यस्तै, मुडेको आलु भने ५४.६७ रुपैयाँ  काउली स्थानिय ७५ रुपैयाँ रहेको छ ।

भने, लोकल काक्रो ७५ रुपैयाँ कागती २४५ रुपैयाँ रहेको जनाएको छ । खुर्सानी हरियो (अकबरे)  १८३.३३ रुपैयाँ केजीको पर्दछ । गुन्दुक २७५ रुपैयाँ, गोलभेडा ठूलो (भारतीय)  ५७.५० रुपैयाँ केजीको रहेको छ । यस्तै, गोलभेडा सानो (टनेल) को ४५.२० रुपैयाँ रहेको छ ।

घिराैँला २५ रुपैयाँ प्रतिकेजी रहेको छ । चिचिण्डो २३ रुपैयाँ, चुकुन्दर ७६.६७ रुपैयाँ, च्याउ (कन्य) १९० रुपैयाँ रहेको छ । यस्तै, च्याउ(डल्ले) ३२५ रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको