Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र निष्कासन गर्न राष्ट्रिय वाणिज्य बैंकले दियाे सेबोनमा निवेदन, व्याज कति ?

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, १२ : ४९ मा प्रकाशित

ऋणपत्र निष्कासन गर्न राष्ट्रिय वाणिज्य बैंकले दियाे सेबोनमा निवेदन, व्याज कति ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । 

बैंकले २ अर्ब ५० कराेड रूपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ७ वर्ष अवधि भएकाे वार्षिक १०.५ प्रतिशत व्याज भएकाे "७ वर्ष, १०.५% आरबीबीएल डिबेञ्चर २०८६" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको