Like us!
Follow us!
Connect us!
Watch us!

थाहा पाउनुस् डेङ्गु संक्रमणबारे रोचक तथ्य, के-के छन् यसबाट बच्ने उपाय ?

अर्थ संसार

बुधबार, २९ भदौ २०७९, १७ : ०३ मा प्रकाशित

थाहा पाउनुस् डेङ्गु संक्रमणबारे रोचक तथ्य, के-के छन् यसबाट बच्ने उपाय ?

डेङ्गु संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै  डेङ्गु संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ ।

डेङ्गु संक्रमित चारमध्ये एक व्यक्तिलाई निकै नै गाह्रो बनाउने गरेको छ । यसमध्ये सबैमा देखिने एउटा लक्षण भनेको ज्वरो आउने हो । यसबाहेक वान्ता हुने, चिलाउने, विशेषगरी आँखा, मांसपेसी र जोर्नीमा अत्यधिक दुखाइ हुने हुन्छ ।

डेंगु संक्रमित अधिकांश मानिस एक सातामा ठिक भएका छन् । तर, हरेक २० संक्रमितमध्ये एक जनामा भने यसले गम्भीर रुप लिएको छ । यस्ता व्यक्तिमा आन्तरिक रक्तपात, बेहोस र मृत्यु समेत हुने गरेको छ । यसकारण  डेङ्गुबाट बच्ने सबैभन्दा उपयुक्त विधि भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।         

डेङ्गुसम्बन्धी अनौठा तथ्यहरू

– डेङ्गु भाइरस इजिप्टाइ र एइ अल्बोपिक्टस भाइरसको टोकाइबाट मात्रै सर्छ ।

–एउटा व्यक्ति आफ्नो जीवनकालमा चार पटकसम्म मात्रै  डेङ्गुबाट संक्रमित हुन्छ । 

– डेङ्गु संक्रमणको जोखिमयुक्त ठाउँहरूमा अन्य रोग लाग्ने प्रमुख कारण पनि  डेङ्गु नै हो ।

– हालसम्म जोखिमयुक्त ठाउँका ९ देखि १६ वर्षका बालबालिकालाई मात्रै  डेङ्गु संक्रमणविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ । यस्ता जोखिमयुक्त केही ठाउँ अमेरिका भित्रैका छन् । यो भ्याक्निस अमेरिकी घुम्न आउनेहरूका लागि दिइएको छैन ।  

– हरेक वर्ष विश्वका ४० करोड मानिस  डेङ्गु संक्रमणबाट प्रभावित हुने गरेका छन् ।  डेङ्गु जोखिमयुक्त ठाउँ भ्रमण गरेर फर्किने र बस्ने हरेक जसोलाई यो संक्रमण हुने गरेको तथ्यांक छ । 

बच्ने उपाय

–लामखुट्टेको टोकाइबाट जोखिनु नै  डेङ्गुबाट बच्ने सबैभन्दा भरपर्दो र उपयुक्त उपाय हो । यसबाहेक लामखुट्टेको टोकाइबाट जोगिने केही मलम समेत उपलब्ध छन् । 

–शरीर ढाक्नेगरी कपडा लगाउने ।

– घरमा रहदा र घरबाहिर घुम्दा पनि बालबालिकालाई लामखुट्टेबाट जोगाउने । जसका लागि झ्याल ढोकामा आवश्यक मात्रामा जाली र झुलको प्रयोग गर्ने ।

–हप्ताको एक पटक घर र आसपासको सरसफाइ गर्ने । खल्डोमा जमेको पानी हटाउने, टायर, भाडावर्तन, पौडी पोखरी, जस्ता पानी जम्ने सामान हटाउने । 

–यदि तपाई वा तपाइँको परिवारमा कसैलाई  डेङ्गु भएको छ भने सकेसम्म पहिलो एक साता लामखुट्टेको टोकाइबाट बच्नुहोस् । किनकी तपाइँलाई टोकेको लामखुट्टेले पुनः अर्को व्यक्तिलाई टोकेमा संक्रमण सर्न सक्छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको