Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलङ्कामा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ७० हजार नाघ्यो, ४३ जनाको मृत्यु

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, ०७ : ४० मा प्रकाशित

श्रीलङ्कामा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ७० हजार नाघ्यो, ४३ जनाको मृत्यु

श्रीलङ्कामा बुधबार बिहानसम्म डेङ्गुका बिरामीको सङ्ख्या ७० हजार नाघेको स्वास्थ्य मन्त्रालयको महामारी एकाइले आफ्नो वेबसाइटमा जानकारी दिएको छ । 

यो बर्षको शुरूदेखि नोभेम्बर ८ सम्ममा ७० हजार १७८ जनामा सङ्क्रमण पुष्टि भएको र सबैभन्दा बढी कोलम्बो जिल्लामा १४ हजार ८८४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । 

एकाइका अनुसार यस वर्ष हालसम्म डेङ्गुका कारण ४३ जनाको मृत्यु भएको छ ।    वर्षायामका कारण डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको बताउँदै स्वास्थ्य अधिकारीहरूले आफ्नो वरपरको वातावरण सफा राख्न र लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न आग्रह गरेका छन् । 

श्रीलङ्कामा सन् २०२२ मा ७५ हजारभन्दा बढी डेङ्गुुका बिरामी फेला परेको सरकारी तथ्याङ्कले देखाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको