Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोसी सिमेन्टको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

अर्थ संसार

विहीबार, ११ मंसिर २०८२, २० : ५७ मा प्रकाशित

सप्तकोसी सिमेन्टको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटलल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

कम्पनीले १०० (एक सय) रुपैयाँ दरका चुक्ता पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ । यस सम्बन्धमा बुधबार त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको थियो । 

सम्झौता पत्रमा सप्तकोसी सिमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष मोना जालान र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरे । बैंकका अनुसार सप्तकोसी सिमेन्ट लिमिटेड उच्च स्तरीय सिमेन्ट उत्पादक कम्पनी हो जसको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पीपीसी ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको