Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप २ लघुवित्तको कारोबार रोक्का !

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १० : ३१ मा प्रकाशित

नेप्सेमा थप २ लघुवित्तको कारोबार रोक्का !

नेप्सेमा थप २ लघुवित्त वित्तिय संस्थाहरुको सेयर कारोबार रोक्का भएको छ । आरएमडीसी लघुवित्त वित्तिय संस्था र साना किसान लघुवित्त वित्तिय संस्था लिमिटेडका बिचमा मर्जरको सम्झौता भएकाले दुबै कम्पनीको कारोबार रोक्का गरिएको हो ।   

दुई लघुवित्त कम्पनीहरु मर्जरमा जाने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा भदौ ३१ गते अपराह्न्न ७ बजे हस्ताक्षर भएकाले दोस्रो बजार कारोबार रोक्का का लागि दुबै संस्थाले नेप्सेलाई पत्र लेखेका छन् । 

मर्जरका लागि शेयर आदानप्रदान अनुपात १०० : ८७ कायम हुने छ । साना किसानको शेयरको हिस्सा १०० हुँदा आरएमडीसीको ८७ हुनेछ । एकापसमा गाभ्ने/ गाभिने कार्य सम्पन्न भएपछिको एकीकृत वित्तीय संस्थाको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था हुने छ ।

दुई संस्थाले नेप्सेलाई लेखेको पत्रः

6326a3f0c0837.jpg 6326a3f0ce149.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको