Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा, तपाईँको खातामा आयो ?

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १४ : ०१ मा प्रकाशित

मिर्मिरे लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा, तपाईँको खातामा आयो ?

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

कम्पनीले गत २९ पुसमा सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको छ ।

कम्पनीले भदौ ३० गते नेप्सेमा सूचीकृत गराई भदौ ३१ गतेदेखि सम्बन्धित् सेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको हो । 

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको