मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड र नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच हिजाे (पाैष ११ गते, साेमबार) मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।
उपरोक्त सम्बन्धमा काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ८, बनेपा बजारमा रजिष्टर्ड केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र विराटनगर महानगरपालिका वडा नं. ३, बालग्राम मार्गमा रजिष्टर्ड केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा आज मङ्गलबारदेखि लागू हुनेगरी दुवै संस्थाको तर्फबाट प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस