Like us!
Follow us!
Connect us!
Watch us!

४९ प्रतिशतले घट्यो र्मिमेरे लघुवित्तको नाफा, ईपीएस कति ?

अर्थ संसार

आइतबार, २७ कार्तिक २०७९, ०७ : ३३ मा प्रकाशित

४९ प्रतिशतले घट्यो र्मिमेरे लघुवित्तको नाफा, ईपीएस कति ?

र्मिमेरे लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले २ करोड ८२ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४९.३८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ५ करोड ५८ लाख ४४ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ४९.३८ प्रतिशतले घटेर ४ करोड ३ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड ९७ लाख ७८ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी भने ३.६० प्रतिशतले बढेर १२ करोड ६१ लाख ६१ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ५३ करोड १२ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ३१ लाख ६० हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३०.०६ रुपैयाँले घटेर २१.२८ रुपैयाँ पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको