Like us!
Follow us!
Connect us!
Watch us!

लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १७ : २३ मा प्रकाशित

लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमांडौका दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

काठमाडौं ९ मा उम्मेदवारी दिने घोषणा गरेका सुनिल रिजाल र ५ का विजय कँडेलले आयोगमा उजुरी दिँदै लौरो चुनाव चिह्न खारेजीको माग गरेका हुन् । हाम्रो नेपाली पार्टीले आयोगमा लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ ।

लौरो चुनाव चिह्न स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिह्न भनेर जनमानसमा भ्रम सिजर्नना गर्ने कार्य भइरहेको हुँदा उक्त चिह्न खारेजीको माग गरेका हुन् । हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह् खारेज गरी उक्त पार्टीलाई नयाँ चिन्ह् प्रदान गर्न पनि उनिहरुले माग गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको