Like us!
Follow us!
Connect us!
Watch us!

ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छ: राष्ट्रपति बाइडेन

अर्थ संसार

सोमबार, ०३ असोज २०७९, ०७ : ३९ मा प्रकाशित

ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छ: राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले अतिक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन् । चिनियाँ फौजले ताइवानमाथि हमला गरेको पृष्ठभूमिमा राष्ट्रपति वाइडेनको सो भनाई आएको हो ।

अमेरिकी सेनाले चीनले दाबी गरेको स्वशासित टापुको रक्षा गर्छ कि गर्दैन भनेर सोधिएको एक प्रश्नमा उनले अमेरिकी सेनाले ठापुको रक्षा गर्ने बताए ।

केही महिनाअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नेन्सी पेलोसीले  ताइवान भ्रमण गरेपछि  अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिएको छ । चीनको चेतावनीबीच पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन । उनको भ्रमणपछि चीनले ताइवानको रक्षा क्षेत्रमा हवाइ गस्ती बढाएको थियो । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको