Like us!
Follow us!
Connect us!
Watch us!

नाडा इभी एक्स्पोमा “नाडा इभी चौतारी” सञ्चालन हुँदै

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, १२ : १८ मा प्रकाशित

नाडा इभी एक्स्पोमा “नाडा इभी चौतारी” सञ्चालन हुँदै

नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन “नाडा अटोमोबाइल्स एशोसिएशन अफ  नेपाल” को आयोजनामा नेपालमा नै पहिलो पटक “नाडा इभि एक्स्पो“ असाेज ६ गतेदेखि ९ गतेसम्म भृकुटी मण्डप, प्रदशनी हलमा आयोजना भईरहेको छ ।

उक्त प्रदर्शनीको अवसरमा आज असाेज ७ गतेदेखि ९ गतेसम्म प्रत्येक दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म USAID को  सहकार्यमा नाडा चौतारी सेमिनार पनि सञ्चालन हुन लागेको छ । तीन दिनसम्म चल्ने सेमिनारमा  विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहनेछ । इभी चौतारीको पहिलो दिन २०७९/०६/०७ गते EV Technology & Ecosystem को बारेमा छलफल हुनेछ  भने दोस्रो दिन २०७९/०६/०८ गते Financial Aspects of EV को बारेमा विभिन्न विज्ञहरुले  आ–आफ्नो धारणा राख्नु हुनेछ र अन्तिम दिन २०७९/०६/०९ गते Policies for Promoting EVs भन्ने विषयमा छलफल हुनेछ ।  

इभी चौतारीको पहिलो आश्विन ७ गते शुक्रबार दिउँसो २ बजे देखि ४ बजे सम्म USAID को सहकार्यमा नाडा चौतारी सेमिनार EV Technology & Ecosystem को  बारेमा छलफल हुनेछ । यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति  नियमहरुदेखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा  यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाँड्ने चौतारी हुनेछ ।  

सो समूदघाटन समोरोहमा वन तथा वातावरण मन्त्रालयका सचिव डा.प्रेम नारायण कडेल  लगायत स्वास्थ तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता तथा बहुक्षेत्र समन्वय शाखाका प्रमुख डा.  समिरकुमार अधिकारी, हेल्थ अफीस यु.यस एडका अफीसकी डेपुटी डाईरेक्टर किम्बरली वालर र  नाडाका अध्यक्ष धु्रव थापाले आ आफनो धारणा व्यक्त गर्नेछन् ।  

त्यसैगरी, सो समारोहको पहिलो सेसनमा वन तथा वातावरण मन्त्रालयका सचिव डा.प्रेम  नारायण कडेलले अध्यक्षता गर्ने छन् । चिफ अफ पार्टि यु.यस.एड क्लिन एअरका चिफ अफ पार्टि  भुषन तुलाधर मोडरेटरका रुपमा रहने छन् । त्यसैगरी सोही दिन प्यानेलिष्टका रुपमा यातायात  व्यवस्था विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेल, काठमाण्डौ विश्व विद्यालयका अनुसन्धान कर्ता  शिल्पा श्रेष्ठ, अभियान्त्रिकी कर्मशालाका संस्थापक सिईओ अभिशेक कार्की, सिप्रदी प्रालिका इभि ट्रेनिङ्ग  हेड दिनेश पौडेल र इलेक्ट्रिकल चारजिङ्ग इन्फ्रास्ट्रकचर डेवलवमेण्ट प्रोजेक्ट नेपाल, विद्युत प्राधिकरणका  सागरमणी ज्ञवाली रहने छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको