कुमारी क्यापिटल लिमिटेडले आज (असाेज ७ गते, शुक्रबार) लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ । क्यापिटलकाे आयाेजनामा हाई कोर्ट बार एशोसियनको सहकार्यमा वकिलहरूलाई लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन गरिएकाे हाे ।
कार्यक्रममा पाेर्टफाेलियाे व्यवस्थापन कसरी गर्ने सिकाइएकाे थियाे । कार्यक्रममा वकिलहरूलाई लगानी व्यवस्थापनका लागि आवश्यक पर्ने कुराहरूकाे बारेमा जानकारी दिइएकाे थियाे ।
उक्त कार्यक्रममा वकिलहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।
कुमारी क्यापिटलले समय अनुरूप यस्ता प्रकारका कार्यक्रमहरू गर्दै आइरहेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस