Like us!
Follow us!
Connect us!
Watch us!

उडानमा यात्रुले परिचरलाई कुटेपछि ...

अर्थ संसार

आइतबार, ०९ असोज २०७९, ०९ : १५ मा प्रकाशित

उडानमा यात्रुले परिचरलाई कुटेपछि ...

उडानका समयमा एक यात्रुले परिचरलाई आक्रमण गरेका छन् । मेक्सिकोको लस क्याबोसबाट लस एन्जलसका लागि उडेको एक अमेरिकी एयरलाइन्सका यात्रुले परिचलाई आक्रमण गरेका हुन् । आक्रमण गर्ने यात्रुलाई आजीवन प्रतिबन्ध लगाइएको छ ।

बुधबार अमेरिकन एयरलाइन्सको उडान ३७७ मा उक्त घटना भएको हो । आक्रमणको भिडियो अर्का यात्रुले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त भिडियो अहिले भाइरल भएको छ ।

वासिंगटनपोस्टका अनुसार स्थानीय समयअनुसार दिउसो साढे तीन बेज उक्त विमान एल एन्जलस विमानस्थलमा अवतरण गरेको थियो । अवतरणपछि ती यात्रुलाई संघीय अनुसन्धान व्युुरोका अधिकारीहरूले हटाएका थिए । ट्वीटरमा सेयर गरिएको ३३ सेकेन्ड लामो भिडियो क्लिपमा विमानका पुुरुष परिचरले यात्रुलाई ‘तपाइँले मलाई धम्की दिएको हो?’ भनेको सुन्न सकिन्छ । त्यति भनेर उनी अगाडि बढ्दा पछाडिबाट

सुन्तला रंगको सर्ट लगाएका यात्रु पछाडिबाट दौडिएर मुड्कीले परिचरको टाउकोमा हिर्काउछन् ।  अन्य यात्रुुले ‘ओ माइ गड’ भनेको आवाज पनि भिडियोमा सुन्न सकिन्छ । एक यात्रुले ‘तपाइँले के गरेको हो ?’ भनेर ती व्यक्तिलाई झपारेका देखिन्छन् । कुटाइ खाएका परिचरको उद्दार गर्न एयर होस्टेस आएको पनि भिडियोमा देख्न सकिन्छ । बाँकी उडानभर ती व्यक्तिले विमानका अन्य यात्रुले नियन्त्रणमा लिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको