Like us!
Follow us!
Connect us!
Watch us!

श्री एयरलाइन्सका सबै उडान स्थगित

अर्थ संसार

आइतबार, १७ असार २०८०, ०८ : ५२ मा प्रकाशित

श्री एयरलाइन्सका सबै उडान स्थगित

श्री एयरलाइन्सका सबै उडान स्थगित गरेको छ । श्री एअरलाइन्स प्रालिले एक सूचना जारी गर्दै आज असर १७ का पूर्व निर्धारित सबै उडानहरू स्थगित गर्दै विमान परीक्षण गर्ने भएको हो ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको प्रेस नोटमा "मिति २०८० असार १६ गते अपरान्ह ३.३० बजेमा काठमाडौंबाट धनगढीका लागि उडेको flight No. 225 विमानमा सामान्य प्राविधिक समस्या आएको र Captain ले निर्णय गरि विमानलाई काठमाडौं फिर्ता ल्याई सकुशल अवतरण गराएको जानकारी गराउंदछौं । क्यानडामा निर्मित DASH 8 Q400 विमान प्राविधिक रुपले अति सुरक्षित विमान मानिन्छ । हाम्रा आदरणिय यात्रु महानुभावहरुलाई सुरक्षित गन्तव्यमा पुर्याउन यस एयरलाईन्सको प्राथमिकता भएकोले यस्ता प्राविधिक समस्या नदोरियोस भनि मिति २०८० असार १७ गते का दिन यस एयरलाईन्सले आफ्ना सम्पूर्ण उडानहरु स्थगित गरि सबै विमानहरुको सम्पूर्ण प्राविधिक परिक्षण गर्ने निर्णय गरिएको र मिति २०८० असार १८ गते देखि सम्पुर्ण उडानहरु संचालन गरिने जानकारी गराउंदछौं । साथै यसबाट यात्रुवर्गहरुमा पर्न गएको असुविधाको लागि क्षमाप्रार्थि छौं ।" भनिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको