Like us!
Follow us!
Connect us!
Watch us!

९ महिनायताकै न्यून विन्दुमा झर्यो कच्चा तेलको मूल्य, नेपालमा पनि केही घट्न सक्ने

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, १४ : १९ मा प्रकाशित

९ महिनायताकै न्यून विन्दुमा झर्यो कच्चा तेलको मूल्य, नेपालमा पनि केही घट्न सक्ने

कच्चा तेलको भाउ अन्तराष्ट्रिय बजारमा घट्ने क्रममा छ । कच्चा तेलको मूल्य ९ महिना यताकै न्यून भएको छ। 

रसिया र युक्रेन बिचमा युद्ध सुरु भएपछी १२४ डलर प्रतिब्यारेलसम्म पुगेको कच्चा तेलको मूल्य निरन्तर घट्दै सोमबार २.०९ डलरले घटेर ८४.०६ डलर कायम भएको छ । यो मूल्य यो जनवरी १४ यताकै न्यून हो । 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटेकाले अब नेपालमासमेत नयाँ मूल्यसूची आउँदा मूल्य घटेर आउन सक्ने देखिन्छ । नेपाल आयल निगमले आफूले कति मूल्य घटाउन सक्ने भन्ने कुरा मुख्य रूपमा आईओसीले पठाउने मूल्यसूचीका आधारमा निर्धारण गर्न सक्ने जनाएको छ ।

अहिले अन्तराष्ट्रिय बजारमा पनि तेलको मूल्य घटिरहेका कारण भारतबाट समेत मूल्य घटेर आउने सक्ने देखिन्छ त्यस्तै देश चुनावकै मुखमा भएकाले पनि सरकारले तेलको मूल्यमा क्ेहि समायोजन गर्न सक्ने कतिपयको तर्क छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको