अर्थ संसार, काठमाडौं–चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै आमरण अनसनमा रहेका डा. गोविन्द केसीको अभियानमा चौतर्फी समर्थन बढ्दो छ ।
यसैबीच एक युवाले ‘म गोविन्द बन्छु’ बोलको गीत तयार पारेका छन् । अंकित बाबु अधिकारीले आफ्नै रचना, स्वर र संगीतमा गीत तयार पारेर श्रोतामाझ ल्याएका छन् ।
चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आन्दोलनमा रहेका डाक्टर केसीको अनसन २३ दिन पुगेको छ । उनको यो ११ औं पटकको अनशन हो।
रन्जेन झाको संगीत संयोजन रहेको गितलाई आर्टमाण्डुले प्रस्तुत गरेको हो । गीतको लिरिकल भिडियो रञ्जित मानन्धरले बनाएका हुन् । यस्तै भिडियो सम्पादन एसडी योगीले गरेका छन् ।
दबाब दिने योजनासहितका कार्यक्रम, र्याली, रिले अनशन लगायत आयोजना भइरहँदा अंकित बाबु अधकारी र युनिटले तयार गरेको यो रचनात्मक समर्थन।
हेर्नुस् ‘म गोविन्द केसी बन्छु’ गीतको लिरिकल भिडियोः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस