Like us!
Follow us!
Connect us!
Watch us!

सेयर विश्लेषक डा. बिमल तिवारी चुनावी मैदानमा, गराए उम्मेदवारी दर्ता

अर्थ संसार

सोमबार, २४ असोज २०७९, १४ : २० मा प्रकाशित

सेयर विश्लेषक डा. बिमल तिवारी चुनावी मैदानमा, गराए उम्मेदवारी दर्ता

लामो समयदेखि सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका डा. बिमल तिवारीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले सिराहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकाे तर्फबाट चुनाव लड्न लागेका हुन् ।

उम्मेदवारी दर्ता गरेपछि उनले आफ्नो उपस्थिति  विद्धमान समयमा व्यक्तिगत सृजना र स्वार्थका कार्य भन्दा पनि सामाजिक उत्तरदायित्व र जवाफदेहीतालाई अर्थपूर्ण ठानेको बताएका छन् । आफूले यसपटकको चुनावमा जनताको तर्फबाट जनताको जीत सुनिश्चित गर्न निश्चित लक्ष्यका साथ प्रतिनिधि सदस्य सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेकाे उनी बताउँछन् ।

आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता गरिएकाे थियाे ।

लगानीकर्ताहरुको लगानी व्यवस्थापन गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिवारीले अर्थ संसारकाे नियमित कार्यक्रम "सेयर टेक फण्डा" मार्फत् सेयर बजारकाे विश्लेषण गर्दै लगानीकर्ताहरूलाई सल्लाह र सुझाव दिँदै आइरहेका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको