Like us!
Follow us!
Connect us!
Watch us!

इष्टर्न हाइड्रोको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

अर्थ संसार

आइतबार, ३० असोज २०७९, १७ : ०९ मा प्रकाशित

इष्टर्न हाइड्रोको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले असाेज २८ गते, शुक्रबारबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकाे छ । 

सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा आइतबार साँझ ५ बजेसम्म ७ लाख ६६ हजार एक सय ४० जना लगानीकर्ताहरूले ८७ कराेड २८ लाख ५६ हजार रूपैयाँ बराबरकाे ८७ लाख २८ हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँको ६ लाख ७० हजार ३ सय १० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, २ प्रतिशत कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि कार्तिक १ गतेदेखि ढीलोमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको