Like us!
Follow us!
Connect us!
Watch us!

इष्टर्न हाइड्रोको आईपीओ बिहीबार बिहान बाँडफाँड हुने

अर्थ संसार

बुधबार, १६ कार्तिक २०७९, १२ : ४२ मा प्रकाशित

इष्टर्न हाइड्रोको आईपीओ बिहीबार बिहान बाँडफाँड हुने

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले असाेज २८ गते, शुक्रबारबाट कार्तिक २ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओकाे बाँडफाँड भाेलि (कार्तिक १७ गते, बिहीबार) हुने भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड बिहीबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालयमा हुने तय भएकाे क्यापिटलले जनाएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँको ६ लाख ७० हजार ३ सय १० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, २ प्रतिशत कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख ९४ हजार ३ सय २६ जना लगानीकर्ताहरूले एक अर्ब ५७ कराेड १८ लाख ४७ हजार रूपैयाँ बराबरकाे एक कराेड ५७ लाख १८ हजार ४ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको