Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रदकाे पैसा जम्मा गर्न आईएमई लाइफकाे आग्रह

अर्थ संसार

मंगलबार, ०१ कार्तिक २०७९, ११ : ११ मा प्रकाशित

हकप्रदकाे पैसा जम्मा गर्न आईएमई लाइफकाे आग्रह

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद बापतकाे रकम जम्मा गर्न अनुराेध गरेकाे छ । 

कम्पनीकाे हिजाे असोज ३१ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले  संस्थापक शेयरधनीलाई सेयर बापतको थप शतप्रतिशत रकम जम्मा गर्न अनुरोध गरेको हाे । संस्थापक सेयरधनीहरुले सिद्धार्थ बैंकमा रहेको खाता नं ५५५००३५८८१४ र नबिल बैंकमा रहेको खाता नं ००२०१०१७५०५३७८ मा रकम जम्मा गर्न सक्नेछन् ।

कम्पनीले हकप्रद निष्कासन गर्न बीमा समितिबाट स्वीकृति पाइसकेकाे छ । यसअघि नै असाेज २६ गते बुधबार सम्पन्न भएकाे कम्पनीको पाँचौ वार्षिक साधारण सभाले पूँजी वृद्धिका लागि संस्थापक शेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शतप्रतिशत बराबरको हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित परेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको