Like us!
Follow us!
Connect us!
Watch us!

२०२४ को अन्त्यसम्ममा नेप्से परिसूचक ६००० पुग्नेमा विश्वस्त छु : विष्णु प्रसाद बस्याल

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, १३ : ३० मा प्रकाशित

चर्चित सेयर विश्लेषक विष्णु प्रसाद बस्यालले बजार बटम नजिक रहेको बताएका छन्। अबको डेढ दुई महिनाभित्रमा बजारले बटम लगाईसक्ने र सन् २०२४ को अन्त्यसम्ममा नेप्से परिसूचक ६००० भन्दा माथि जाने प्रक्षेपण उनले गरेका छन्। अर्थसंसारको कार्यक्रम टेक्नो गफमा कुराकानी गर्दै उनले बजारमा केहि समय पश्चात फ़्याण्टास्टिक र्याली आउने बताए। 

आफूले सन् २०१७ मै बजारले सन् २०१९ को डिसेम्बरबाट बुलिश र्याली समात्ने प्रक्षेपण गरेको र आफ्नो प्रक्षेपण अनुसार नै बजार सन् २०१९ को डिसेम्बरबाट बजार बढ्न थालेको, नेप्से परिसूचक ११०० को बिन्दुबाट बढ्न थालेपछि २७०० को बिन्दुसम्म पुगेर एउटा करेक्सन आउने र त्यसपछि फेरी बजार बढेर सन् २०२४ सम्ममा ६००० भन्दा माथि जाने प्रक्षेपण आफूले त्यतिबेलै गरेको पनि उनले बताए। २७०० को बिन्दुबाट करेक्सन नआई बजार ३२०० सम्म पनि पुगेको तर घट्ने क्रममा २३०० को बिन्दुबाट तल नखस्ला भनेर आफूले गरेको प्रक्षेपण गलत साबित भएको स्वीकार्दै बस्यालले आफूले विश्वभरि अभ्यासमा रहेको इलियट वेभ थ्योरीको आधारमा बजारको प्रक्षेपण गर्दा अहिलेसम्म पनि बजारको मेजर स्ट्रक्चरमा कुनै परिवर्तन नभएको हुँदा बजार १६०० को बिन्दुभन्दा तल नगएसम्म सन् २०२४ को अन्त्यसम्ममा बजार ६००० माथि पुग्ने सम्भावना कायमै रहने पनि उनले बताएका छन्।

कोभिडको बेलामा वस्तु तथा सामानको मूल्य निकै तल्लो लेभलमा आईपुगेको र त्यसपछि ति वस्तु तथा सामानहरुको मूल्य बढ्दा विश्वभरी नै मुद्रास्फीति बढ्न गएको र मुद्रास्फीति बढेपछि विश्वभरिकै केन्द्रिय बैंकहरुले ब्याजदर बढाउँदा त्यसको प्रभाव सेयर बजारमा देखिएको र नेपालमा अन्य पोलिसिगत कुराहरुले पनि बजार घटाउन ठूलो भूमिका खेलेको बताउँदै बस्यालले अब बिस्तारै विश्वभरि नै मुद्रास्फीति घट्दै जाने, ब्याजदर घट्दै जाने र त्यसले सेयर बजारमा एउटा माहोलको सिर्जना गर्ने बताए।  

धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन माग गर्दा ४५/४६ वटा कम्पनीहरुले आवेदन दिएको र ति ब्रोकरहरु बजारमा आउँदा तिनीहरुले १२०० करोड नयाँ पैसा लिएर आउने र त्यो पैसाले बजारलाई चलायमान बनाउने पनि उनी बताउँछन्। नयाँ स्टक एक्सचेन्ज पनि छिट्टै संचालनमा आयो भने त्यसले बजारमा अहिले नेप्सेले ल्याउन नसकेको इन्ट्रा डे, शर्ट सेलिङ्ग फ्युचर अप्सन जस्ता नयाँ प्रोडक्टहरु ल्याउने र त्यसले बजारमा थप सहभागिता बढाउने हुँदा बजारमा यी कुराहरुले निकै सकारात्मक प्रभाव पार्ने उनको विश्लेषण छ।  

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ : 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको