Like us!
Follow us!
Connect us!
Watch us!

जब गाडी चढेर जानै लागेका अर्थमन्त्रीलाई सेयर लगानीकर्ताले घेरे......

अर्थ संसार

सोमबार, १५ असोज २०८०, १७ : १० मा प्रकाशित

जब गाडी चढेर जानै लागेका अर्थमन्त्रीलाई सेयर लगानीकर्ताले घेरे......

पुल्चोक स्थित द होटल हिमालयमा आयोजित विश्व लगानीकर्ता सप्ताहको उद्घाटन गरेर निस्किदै गर्दा होटेलको प्राङ्गणमा केहि लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई घेरे। '८/१० जनाको संख्यामा रहेका लगानीकर्ताहरुले लगानीकर्ताहरु मर्ने अवस्था आईसक्यो, के गर्ने अर्थमन्त्रीज्यू', भन्ने प्रश्न गर्दा महतले 'तपाईंहरु जे पायो त्यहि सेयरमा लगानी गर्नुहुन्छ अनि डुब्दैन त' भन्ने जवाफ फर्काए।  

त्यसपछि लगानीकर्ताहरु 'गभर्नरले तपाईंको कुरा नटेर्ने, तपाईं कडा रुपमा भन्न नसक्ने; तपाईंहरुको चेपुवामा हामी कति पर्ने ?' भनेर प्रश्न गरे। जवाफमा अर्थमन्त्रीले म त भनेको भन्यै छु, राष्ट्र बैंकले गरेन त म के गरूँ भन्ने जवाफ दिएको नेपाल सेयरधनी संघका महासचिव सुरज खड्काले अर्थसंसारलाई बताए।  

तपाईं अभिभावक हो, राष्ट्र बैंकलाई निर्देशन दिनुहोस् भनेर आफूहरुले आग्रह गरेको र अन्त्यमा अर्थमन्त्रीले छिट्टै पोलिसी परिवर्तन हुने आश्वासन दिएको लगानीकर्ता पुरुषोत्तम कंडेलले बताए।  

लगानीकर्ताहरुले धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालसंग पनि सबाल जवाफ गरेका थिए। बजार यस्तो घटेको बेला प्रिमियममा आईपिओ र हकप्रद सेयरको बाढी ल्याएर किन सप्लाई बढाएको भन्दै लगानीकर्ताहरु हमालसंग झोक्किएका थिए।  

अर्थमन्त्रीलाई सेयर लगानीकर्ताहरु कति धेरै पिडामा छन् भन्ने जानकारी गराउँदै दवाव दिन गाडीमा जानै लागेका अर्थमन्त्रीलाई रोक्नुपरेको एक लगानीकर्ताले बताए।  

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्रीले राष्ट्र बैंकतर्फ इंगित गर्दै माइक्रो म्यानेजमेन्टका कारण सेयर बजारमा समस्या आएको र छिट्टै सो विषयमा निर्णय आउने विश्वाश आफूले गरेको बताएका थिए।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको