Like us!
Follow us!
Connect us!
Watch us!

कसैले चाहदैमा आईपीओ र हकप्रद रोक्नु हुँदैन : रमेश कुमार हमाल

अर्थ संसार

विहीबार, १८ असोज २०८०, १६ : ०८ मा प्रकाशित

कसैले चाहदैमा  आईपीओ र हकप्रद रोक्नु हुँदैन : रमेश कुमार हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले कुनै कम्पनीले राइट सेयर ल्याउन चाहन्छ भने कसैले त्यसलाई रोक्न नमिल्ने बताएका छन्। त्यस्तै धितोपत्र बोर्डको अध्यक्षले चाहँदा कुनै कम्पनीले आईपीओ निकाल्न पाउने, नचाहँदा नपाउने सिस्टम हुनु नहुने पनि स्पष्ट पारेका छन्। अहिले सेयर बजार घटेको बेला सप्लाई रोक्नका लागि आईपिओ र राइट सेयर रोक्नुपर्ने कुरा जोडतोडका साथ उठ्दै गरेको बेलामा उनको यो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

विश्व लगानीकर्ता सप्ताहका अवसरमा वित्तिय साक्षरता फैलाउने अभियानमा सहकार्य गर्न नेपाल धितोपत्र बोर्ड र उद्योग वाणिज्य महासंघ बीच कार्यगत सम्झौता गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै हमालले भने, 'राइट सेयर भनेको सेयर होल्डरहरुको नैसर्गिक अधिकार हो।  हाम्रा कम्पनी अप्ठेरोमा छन् भने अब हामी यी कम्पनीलाई हामीले नै उकास्छौँ  भनेर साधारण सभाबाट ७५% भन्दा बढी सेयर होल्डरहरुले हामीले पैसा राखेर कम्पनीलाई उकास्छौँ भनेर निर्णय गरेका हुन्छन।' त्यस्तै विश्वका अरु सेयर बजारहरुमा हकप्रद सेयर दिने भनेपछि सेयरको मूल्य घट्ने तर नेपालमा चाहिं बढ्ने किन हुन्छ भन्दै प्रश्न गरे। 'राइट सेयर इस्स्यु गरेपछि संसारका हरेक देशमा प्राइस ड्रप हुन्छ। हुनैपर्छ।  २० रुपैयाँ कमाउनलाई १०० रुपैयाँ लगाउनुपर्ने प्रक्षेपण थियो तर अब २०० रुपैयाँ लगाउनुपर्छ २० रुपैयाँ कमाउन भने प्राइस त ड्रप हुन्छ नै। तर नेपालमा मैले आएर हेर्दा अधिकांश राइट सेयर इस्यु गर्ने कम्पनीहरुको प्राईस इन्क्रिज भाको छ। कसरी, किन ? वि मस्ट आस्क, व्हाई?'

त्यस्तै हकप्रद र आईपीओ केहि समयका लागि रोकौं भन्ने कुरामा हमाल भन्छन, 'अनि कुरा आउँछ राइट सेयर बन्द गर्दिउ। यतिखेर सुरु गरूँ। यदि हामी नेपालमा विकास चाहन्छौं, सम्वृद्धि चाहन्छौं भने कन्सिस्टेन्सी इन पोलिसी अनि कन्सिस्टेन्सी इन थिङ्किङ्ग हुनुपर्छ। चाहे त्यो प्रधानमन्त्री होस् , चाहे त्यो मन्त्री होस् या अध्यक्ष होस्, असिमित अधिकार दिईनु हुँदैन। सिस्टमले चलोस्। सबै सिस्टम डिफाइण्ड होस्। यस्तो अधिकार नदिउँ कि धितोपत्र बोर्डको अध्यक्षले चाह्यो भने आज आईपीओ बन्द गर्ने, ५ दिनपछि खोल्ने !'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको