Like us!
Follow us!
Connect us!
Watch us!

माई खोला हाइड्रोको अध्यक्षका बुबा शैलेन्द्र गुरागाईंद्वारा अर्थसंसारकर्मी माथि दुर्व्यवहार

अर्थ संसार

विहीबार, १८ असोज २०८०, १४ : ११ मा प्रकाशित

माई खोला हाइड्रोको अध्यक्षका बुबा शैलेन्द्र गुरागाईंद्वारा अर्थसंसारकर्मी माथि दुर्व्यवहार

माई खोला हाईड्रोपावर लिमिटेडको तेस्रो साधारण सभाको रिपोर्टिंग गर्न गएका अर्थसंसारकर्मी पत्रकारहरु माथि दुर्व्यवहार भएको छ। साधारण सभाको सत्यतथ्य सूचना संकलनका लागि गएका पत्रकारहरुलाई सूचना संकलनमा रोक लगाउँदै सभा स्थलमा नबस्न र अटेरी गरेर बसे राम्रो नहुने भन्दै माई खोला हाईड्रोपावरका अध्यक्ष श्रीजेश गुरागाईंका बुबा शैलेन्द्र गुरागाईंले हप्कीदप्की गरेका हुन्। निज गुरागाईं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजीबजार समितिका अध्यक्ष समेत हुन्। 

'हाम्रो कुनै पनि एजिएममा सेयर होल्डर बाहेक अरुलाई बस्न दिँदैनौं' भन्दै गुरागाईंले दुर्व्यवहार गरेका थिए। उपस्थित अन्य सेयर धनीहरुले सूचना संकलन गर्न आएका पत्रकारहरुलाई बाधा पुर्याउनु नहुने धारणा राखेपछि गुरागाईंले ति सेयरधनीहरुलाई समेत थर्काए। अर्थसंसारकर्मी पत्रकारहरुले आफूहरुले हरेक पब्लिक कम्पनीको साधारण सभा कभरेज गर्दै आएको र सत्यतथ्य सूचना कम्पनीका लगानीकर्ता माझ प्रस्तुत गर्ने उद्धेश्य रहेको बताएका थिए।  

पब्लिक कम्पनीहरुको सत्यतथ्य सूचना प्रकाशन गर्दै आईरहेको अनलाईन पत्रिका अर्थसंसार डट कमलाई समाचार सम्प्रेषणमा रोक लगाई कम्पनीले सेयरधनीको सूचनाको हक समेत हनन् गरेको छ। गुरागाईंले थर्काउँदै दुर्व्यवहार गरेको भिडियो अर्थसंसारसंग सुरक्षित छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको