Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिमा बाबुराम एक्लिदै

शुक्रबार, ०२ भदौ २०७४, १५ : ०७ मा प्रकाशित

राजनीतिमा बाबुराम एक्लिदै

अर्थ संसार, काठमाडौं– केही साथि बोकेर नेकपा माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेका डा.बाबुराम भट्टराई अहिले एक्लिदै गएका छन् ।

माओवादी छा्ड्दा साथ दिएका साथिहरुले नै बाबुरामलाई छाड्न थालेपछि उनी एक्लिदै गएका हुन् ।नयाँ शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेल सहित १७ जनाले नयाँ राजनीतिक कार्य्दिशा तय गर्ने र घोषणापत्र तयार गर्ने भएका छन् ।

साथै छिट्टै राष्ट्रिय भेला समेत आयोजना गर्ने देवेन्द्र पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यद्पी पौडेलले राजनीतिक कार्यदिशा भने नयाँ शक्तिकै तय गर्ने जनाएका छन ।

१७ सदस्यीय बृहत ध्रुवीकरण संयोजन समिति

पौडेलको संयोजकत्वमा १७ सदस्यीय बृहत ध्रुवीकरण संयोजन समिति गठन गरिएको छ ।  नयाँ शक्तिसँग बिद्रोह गर्नेहरुमा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरि चौँलागाई, शर्मिला तमाङ, रत्न राना, रविन्द्र सुनुवार, ललित ठगुन्ना र कुलबहादुर मोक्तान रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको