Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

सोमबार, १४ कार्तिक २०७९, १० : ५९ मा प्रकाशित

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

विभिन्न ३ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक १४ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । 

एनआईसी एशिया बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी एशिया डाईनामिक डेब्ट फण्डकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक १४ गते, साेमबार) अन्तिम दिन हाे । 

तीनै वटा म्युचुअल फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि कार्तिक १५ गते बुकक्लाेज गर्ने निर्णय गरेका छन् । त्यसैले आज (कार्तिक १४ गते, साेमबार) सम्म नेप्सेमा काराेबार भइ कायम हुने इकाईधनीहरूले मात्रै याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एशिया क्यापिटल लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरूलाई करसहित १३ प्रतिशत, एनआईसी एशिया डाईनामिक डेब्ट फण्डका इकाईधनीहरूलाई करसहित ६ प्रतिशत र  एनआईसी एशिया ब्यालेन्स फण्डका इकाईधनीहरूलाई करसहित १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको