Like us!
Follow us!
Connect us!
Watch us!

अब चामलको मूल्य घट्ने

पत्रपत्रिका

बुधबार, १६ कार्तिक २०७९, ०६ : ५२ मा प्रकाशित

अब चामलको मूल्य घट्ने

भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो ।

 

भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। भारत सरकारले गत भदौ २३ गते सूचना जारी गर्दै धान निर्यातमा नेपाल, भुटानसहितका मुलुकमा पनि धानको निर्यातमा २० प्रतिशत भन्सार शुल्क कायम गरेको थियो ।

उक्त सूचना जारी भएदेखि नै वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल, दाल, तेल संघले नेपाल तथा भारतका सम्बद्ध निकायहरूमा नेपालको लागि धान निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क शून्य बनाउन पहल गर्दै आएका थिए ।

भारतले धानको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएपछि नेपाली चामल उद्योगहरू बन्द हुने अवस्थामा पुगेको र नेपाली आम उपभोक्ता महँगो चामल उपभोग गर्न बाध्य हुनुपरेको वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल, दाल, तेल संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य डा. सुवोधकुमार गुप्ताले बताए।

 

भारतले धानको निर्यातमा लगाएको भन्सार शुल्कका कारण नेपाल-भारत बीचको सदियौंदेखिको रोटीबेटीको सम्बन्धमा समेत प्रभावित बनाएको थियो । आम उपभोक्ताले अब सस्तो मूल्यमा गुणस्तरीय चामल पाउने उनले बताए । कारोबार दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको