Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको वित्तीय विवरण : ३ करोड नोक्सानमा, ईपीएस १६ रुपैयाँ ऋणात्मक

अर्थ संसार

बुधबार, १६ कार्तिक २०७९, १३ : ४५ मा प्रकाशित

समृद्धि फाइनान्सको वित्तीय विवरण : ३ करोड नोक्सानमा, ईपीएस १६ रुपैयाँ ऋणात्मक

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

खुद नाफा 

चालु आर्थिक वर्षको पहिलाे त्रैमाससम्म फाइनान्स ३ करोड १४ लाख ६३ हजार रुपैयाँ नोक्सानमा रहेकाे छ । गत वर्षको यसै अवधिमा फाइनान्सले २६ लाख ५२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद व्याज आम्दानी

फाइनान्सकाे खुद व्याज आम्दानी भने १२९.२४ प्रतिशतले बढेकाे छ । पहिलाे त्रैमाससम्म कम्पनीले २ करोड ४१ लाख ६९ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । गत वर्षकाे यसै अवधिमा फाइनान्सले एक कराेड ५ लाख ४३ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

सञ्चालन मुनाफा

समिक्षा अवधिसम्म फाइनान्सकाे सञ्चालन मुनाफा ३ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेकाे छ । 

वितरणयाेग्य मुनाफा

फाइनान्सले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार फाइनान्सकाे वितरणयाेग्य मुनाफा ३६ कराेड १७ लाख ५८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । 

इम्पेरिमेन्ट चार्ज

पहिलाे त्रैमासमा फाइनान्सकाे इम्पेरिमेन्ट चार्ज बढेर ३ करोड ७८ लाख ३७ हजार रुपैयाँ पुगेको छ । गत वर्षकाे यसै अवधिमा फाइनान्सकाे इम्पेरिमेन्ट चार्ज २२ लाख ४ हजार रुपैयाँ रहेको थियाे ।

खराब कर्जा (एनपीएल)

फाइनान्सकाे खराब कर्जा १.४३ प्रतिशतले बढेर ६.०१ प्रतिशत कायम भएकाे छ । आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सकाे खराब कर्जा (एनपीएल) ४.५८ प्रतिशत रहेकाे थियाे ।

 चुक्ता पूँजी

फाइनान्सकाे चुक्ता पूँजी स्थिर देखिन्छ । फाइनान्सकाे चुक्ता पूँजी ७४ करोड २१ लाख ७५ हजार रुपैयाँ पुगेकाे छ ।

जगेडा काेष

फाइनान्सकाे जगेडा काेषमा १८ करोड २६ लाख ९८ हजार रूपैयाँ सञ्चित रहेकाे छ ।

प्रतिसेयर आम्दानी (ईपीएस)

समिक्षा अवधिसम्म फाइनान्सकाे प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ९६ पैसा ऋणात्मक रहेको छ । 

प्रतिसेयर नेटवर्थ 

फाइनान्सकाे प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ५७ पैसा रहेकाे छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको