Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सद्धारा इटहरीमा न्यानो लुगा वितरण

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, १२ : १७ मा प्रकाशित

समृद्धि फाइनान्सद्धारा इटहरीमा न्यानो लुगा वितरण

समृद्धि फाइनान्सले पौष ३ गते इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ॐ श्री पिपलबोटे खूल्ला विद्यालयका १ जना शिक्षक र २५ जना विद्यार्थीहरु लाई न्यानो लुगा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो ।

यस कार्यक्रम अन्तर्गत शिक्षक १ जना र विद्यार्थीहरु २५ जनालाई यस संस्थाका इटहरी का.मु.शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा न. ६ वडा अध्यक्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको यस संस्थाका व्यवसाय प्रवद्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।

करीब २५ वर्ष अघिदेखी न्यून आयश्रोत भएका परिवारका केटाकेटीहरुलाई भेला पारी बिहानको समयमा १ देखी २ घण्टासम्म खोलाकिनारमा पिपलको बोटमुनी त्रिपाल तथा म्याट ओछ्याएर एक शिक्षक चन्द्र भण्डारीले पढाउँदै आएको विद्यालय हो ॐ श्री पिपलबोटे खूल्ला विद्यालय, हाल त्यहाँ विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने र नगर्ने समेत गरी कक्षा १ देखी ७ सम्मका २५ जना विद्यार्थीहरु अध्ययन गर्छन ।

 फाइनान्सले मंसिर २८ गते बनेपा वडा न. ६ मा रहेको चैतन्य माध्यमिक विद्यालयका २६ जना बिधार्थीहरुलाई न्यानो लुगा वितरण गरेको थियो भने मंसिर २९ गते जनकपुरमा वडा न. ६ मा रहेको जानकी वृद्धा आश्रममा २० जना वृद्धृवृद्धालाई कम्बल वितरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको