Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सद्धारा कुर्सि तथा डस्बिन वितरण

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, ०८ : ०९ मा प्रकाशित

समृद्धि फाइनान्सद्धारा कुर्सि तथा डस्बिन वितरण

समृद्धि फाइनान्सले भदौ २६ गते संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत पोखरा शाखामार्फत प्रगतिशिल नारी समूहलाई कुर्सि र डस्टबिन वितरण गरेको छ ।

समृद्धि फाइनान्सले भदौ महिनाको सामाजिक उत्तरदायीत्व अन्तर्गत नारी विशेष कार्यक्रम गर्ने तालिका बनाएको र सोहि कार्यक्रम अन्तर्गत पोखरा शाखाद्वारा प्रगतिशिल नारी समूहलाई बाह्र वटा प्लाष्टिक कुर्सि र डस्टबिन उपलब्ध गराएको हो । वितरण  कार्यक्रममा समूहका सदस्यहरु, समाजसेवि तथा टोलवासीको सहभागिता रहेको थियो ।

साथै समृद्धि फाइनान्सले भदौ महिनामा महिला विशेष अभियानहरु सञ्चालन गरि रहेको छ । सम्पूर्ण महिलाहरुले भदौ महिनामा यस फाइनान्समा समृद्धि गृह लक्ष्मी बचत खाता खोलि उच्च ब्याज दरको प्रतिफलका साथै निःशुल्क डिजिटल बैङ्किगको फाइदा लिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको