Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सद्धारा जनकपुरको वृद्धा आश्रममा न्यानो लुगा वितरण

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, १० : ५१ मा प्रकाशित

समृद्धि फाइनान्सद्धारा जनकपुरको वृद्धा आश्रममा न्यानो लुगा वितरण

समृद्धि फाइनान्सले मंसिर २९ गते जनकपुरमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले जनकपुर  वडा न. ८ मा रहेको जानकी बृद्धा आश्रममा बृद्धबृद्धालाई कम्बल वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो ।

यस कार्यक्रम अन्तर्गत २० जना वृद्धवृद्धालाई संस्थाका जनकपुर शाखा प्रमुख अमर चौधरी र जानकी वृद्धा आश्रमका कोषाध्यक्ष ललित बजाजको उपस्तिथिमा कम्बल वितरण गरिएको यस संस्थाका व्यवसाय प्रवद्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन्। फाइनान्सले मंसिर २८ गते पनि बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका २६ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको थियो ।

फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।  


                                                            


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको