Like us!
Follow us!
Connect us!
Watch us!

लगातार ३ दिन बढेको नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम समेत घट्यो

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १५ : १८ मा प्रकाशित

लगातार ३ दिन बढेको नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम समेत घट्यो

आज (विहिबार) सेयर बजारमा गिरावट आएको छ । तिहार बिदा पछि निरन्तर बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको हो । नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि गिरावट आएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार विहिबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेको छ । नेप्से ०.८३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.५० अंकले घटेर ३७९.४३ विन्दुमा पुगेको छ । 

कूल २२० वटा कम्पनीको २७ लाख ६६ हजार ५ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा ८९ करोड ८९ लाख ७ हजार ८ सय ३० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएको १३ उपसमूहमध्ये २ वटा उपसमूह बढेको छ भने बाँकी सबै उपसमूह ओरालो लागेका छन् । सबैभन्दा धेरै जलबिद्युत समूह घटेको छ । 

आज एभरेष्ट बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४ करोड ३ लाख ५१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

यस्तै, विहिबार युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । बैंकको सेयरमूल्य ६.५६ प्रतिशतले बढेर प्रतिकित्ता १९ हजार ५ सय रूपैयाँ पुगेको छ ।

त्यसैगरी, यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ४.९४ प्रतिशतले घटेर ८ सय ८५ रूपैयाँमा झरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको