Like us!
Follow us!
Connect us!
Watch us!

५८ प्रतिशतले घट्यो ग्लोबल आईएमई लघुवित्तको नाफा, ईपिएसमा उच्च गिरावट

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, ०८ : १५ मा प्रकाशित

५८ प्रतिशतले घट्यो ग्लोबल आईएमई लघुवित्तको नाफा, ईपिएसमा उच्च गिरावट

ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले  २ करोड ६७ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५८.१५ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ६ करोड ३९ लाख ८ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५८ प्रतिशतले घटेर  ३ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा  ९ करोड १२ लाख ९७ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १३.८३ प्रतिशतले घटेर १३ करोड ६८ लाख ६ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा ५४ करोड ८२ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएसं) ३९.७६ रुपैयाँले घटेर १९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको