ग्लोेबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको १० औँ बार्षिक साधारणसभा फागुन २४ गते बेस्ट रिसोर्ट प्रा.ली लेकसाईड पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ समेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले सर्वसाधारण समुहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु निर्वाचन गर्नुका साथै स्वतन्त्र संचालकको समेत चयन गर्नेछ ।
लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन १६ बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस