Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १३ असार २०८१, ०४ : ४१ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रिमा राखेको छ ।

लघुवित्तले सेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यो सेयरमा हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । सेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कास्कीको पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर कित्ताको संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

667ccec955e79.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको