Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, ०६ : ३९ मा प्रकाशित

ग्लोबल आईएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको २८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

संस्थाले सभा प्रयोजनका लागि कम्पनीले भोलि मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, आज मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाको मंसिर ३ गते, (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको नवौँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार  पोखरा ग्राण्ड , पोखरा , कास्कीमा बिहान १० बजेबाट सुरू हुनेछ । 

सभामा संस्थाको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको