Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास - १४७% ले बढ्यो नाफा, ईपीएसमा छलाङ

अर्थ संसार

बुधबार, १६ माघ २०८१, ११ : १० मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास -  १४७% ले बढ्यो नाफा, ईपीएसमा छलाङ

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

नाफा

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ११ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।   अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा १४७.४२ प्रतिशतको बढी हो ।  अघिल्लो वर्षको दोस्रो त्रैमासमा संस्थाले ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन मुनाफा

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १४७.३३ प्रतिशतले बढेर १६ करोड ९० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ६ करोड ८३ लाख रुपैयाँमा सीमित थियो।

खुद ब्याज आम्दानी

दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी ३५ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी २८ करोड ६३ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा २२.४७ प्रतिशतले बढेको छ।

वितरणयोग्य मुनाफा

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ८ करोड ७४ लाख रुपैयाँ रहेको छ।

खराब कर्जा/इम्पेयरमेन्ट चार्ज

यो अवधिमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ४.१० प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ४.२१ प्रतिशत थियो। संस्थाले २ करोड ७६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

निक्षेप संकलन/कर्जा प्रवाह

समीक्षा अवधिसम्म संस्थाले ३ अर्ब ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ४३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा संस्थाले ३ अर्ब ७ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ५० करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

यो अवधिमा  प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३८.२४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.४६ रुपैयाँ थियो। पीई रेसियो ३०.७३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २००.३८ रुपैयाँ रहेको छ।

चुक्तापुँजी/जगेडा कोष

यो अवधिमा चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा ६२ करोड रुपैयाँ १२ लाख रुपैयाँ सञ्चित गरेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको