Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले पठायाे लाभांश, नआए के गर्ने ?

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, १२ : ४० मा प्रकाशित

कुमारी बैंकले पठायाे लाभांश, नआए के गर्ने ?

कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएकाे बैंकले जनाएकाे छ । 

बैंककाे हिजाे (कात्तिक २१ गते, सोमबार) सम्पन्न भएकाे बाईसौँ वार्षिक साधारण सभाबाट पारित भएकाे गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको करसहित १२.५० प्रतिशत नगद लाभांश सेयरधनीहरूको बैंक खातामा पठाइएकाे हाे ।

त्यसैगरी, बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

त्यती गर्दा पनि खातामा लाभांश नआएमा बैंककाे सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडमा सम्पर्क गर्न बैंकले आग्रह गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको