बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आयोजना प्रभावित स्थानियहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो।
कसले दिन सक्छन आवेदन ?
बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा न १, ४ र ५ साविक कस्मीसेरा, सर्कवा, र बिनामारे गा.बि.स. का तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरुले समेत आवेदन दिन सक्नेछन् ।
कति दिने आवेदन ?
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कहाँबाट दिने आवेदन ?
नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ। साथै एनएमबि बैंक लिमिटेड शाखा कार्यालय- कुश्मीसेरा, कुमारी बैंक लिमिटेड, शाखा कार्यालय- राहाले, बल आईएमई बैंक लिमिटेड-कुश्मीसेरा शाखा, गरिमा विकास बैक लिमिटेड, शाखा कार्यालय- ट्राफिक चोकबाट समेत आवेदन दिन सकिनेछ ।
काे हाे बिक्री प्रबन्धक ?
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआबिएलएस क्यापिटल लिमिटेड रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस